scheduleबुधवार बैशाख २९ गते, २०७८

कर्णाली प्रदेशका नवनियुक्त मन्त्रीले लिए सपथ

सुर्खेत, ५ वैशाख । कर्णाली प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ ग्रहण लिएका छन् ।

शनिबार नियुक्त भएका मन्त्रीहरु नन्दसिंह बुढा, अमर बहादुर थापा र कुर्मराज शाहीले आइतबार प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीबाट पद तथा गोपनीयताको सपथ लिएका हुन्।

शुक्रबार विश्वासको मत लिएका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफूलाई विश्वासको मत दिलाउन ‘फ्लोर क्रस’ गरेका चारजना सांसद्मध्ये तीनजनालाई मन्त्री बनाएका हुन् ।

मुख्यमन्त्री शाहीले नन्दसिंह बुढालाई उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रीमा यथावत् राखेका छन् । यस्तै अमर बहादुर थापालाई भौतिक पूर्वाधार मन्त्रालयमा र कुर्मराज शाहीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरेका छन् ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय