scheduleबुधवार बैशाख २९ गते, २०७८

रुख ढलेपछि अवरुद्ध बनेको पृथ्वी राजमार्ग खुल्यो

फाइल तस्बिर

दमौली, ५ बैशाख । आज (आइतबार) साँझ रुख ढलेर अवरुद्ध भएको पृथ्वी राजमार्ग खुलेको छ । हावाहुरीसहितको वर्षाका कारण रुख ढलेपछि अवरुद्ध भएको राजमार्ग सञ्चालन आएको हो ।

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ डुम्रे बजारमा हावाहुरीले शिशौको रुख ढलेर अवरुद्ध भएको राजमार्ग सशस्त्र प्रहरीको सहयोगमा खुलेको हो ।

डुम्रे बजार नजिक साँझ ५ः५० बजे शिशौको रुख ढलेर केही बेर राजमार्ग अवरुद्ध भएको थियो । सशस्त्र प्रहरी मनकामना गणबाट खटिएको प्रहरी टोलीले रुख हटाएर राजमार्ग सञ्चालन गराएको सहायक प्रहरी निरीक्षक भरत चौधरीले जानकारी दिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय