scheduleआइतवार जेष्ठ २ गते, २०७८

आधिकारिकता माग्दै निर्वाचन आयोग पुगेको नेपाल-खनाल समूहको पत्रमा के छ ?


काठमाडौँ, ५ वैशाख । नेकपा एमाले माधवकुमार नेपाल र झलनाथ खनाल समूहले आफ्नो समूह नै आधिकारिक एमाले भएको दावी गर्दै निर्वाचन आयोग पुगेको छ । आइतबार आयोगमा दर्ता गरिएको ८ पृष्ठ लामो पत्रमा विभिन्न तथ्य प्रमाणहरु पेश गर्दै आफ्नो समूहले आधिकारिता पाउनुपर्ने दावी गरिएको छ ।

खनाद-नेपाल समूहका नेताहरु बेदुराम भुसाल र राजेन्द्र पाण्डेले राजनीतिक दल सम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार कारवाही प्रक्रिया अघि बढाउन आयोगमा निवेदन दर्ता गराएका छन् ।

दफा ४३ को (ख) मा दलको छाप, विधान, झण्डा वा चिन्हबारे उल्लेख गरिएको छ। त्यस्तै (ग) केन्द्रीय समितिका निर्णयको अधिकारिकताबारे उल्लेख छ।

दफा ४४ (१) मा दलको छाप, विधान, चिन्ह र केन्द्रीय समितिले गरेका निर्णयको आधिकारिकता विवाद टुंग्याउनेबारे उल्लेख छ।

नेपाल–खनाल खेमाले आयोगमा बुझाएको निवेदन यस्तो छः

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय