scheduleसोमवार आश्विन ११ गते, २०७८

प्रिमियर लिग: बर्नलीमाथि म्यान्चेस्टर युनाइटेडको जीत

काठमाडौं, ६ वैशाख । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर युनाइटेड विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा युनाइटेडले बर्नलीलाई ३-१ ले हराएको हो ।

युनाइटेडको जीतमा मेसन ग्रीनवूडले २ गोल गरे भने एडिन्सन काभानीले १ गोल गरे । बर्नलीका जेम्स तार्कवस्कीले एक गोल फर्काए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४८औं मिनेटमा ग्रीनवूडले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसको दुई मिनेटमै तार्कसवस्कीले गोल फर्काएपछि खेल १-१ को बराबरीमा आएको थियो ।

त्यसपछि दुवै टोली गोलका लागि प्रयासरत रहे पनि केहीबेरसम्म कुनै गोल भएनन् । ८४औं मिनेटमा ग्रीनवूडले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-१ ले अघि बढाए । इन्जुरी समयमा काभानीले गोल गरेपछि युनाइटेडको अग्रता अझ फराकिलो बन्यो ।

जीतसँगै ३२ खेलबाट ६६ अंक भएको युनाइटेड दोस्रो स्थानमा यथावत छ । शीर्ष स्थानको सिटीभन्दा युनाइटेड ८ अंकले पछाडि छ । पराजित बर्नली ३३ अंकसहित १७औं स्थानमा छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय