scheduleमगलवार श्रावण १९ गते, २०७८

अष्ट्रेलियामा बन्यो बीपी कोइराला युवा नेतृत्व विकास मञ्च

सिड्नी, ६ वैशाख । अष्ट्रेलियामा रहेका प्रजातन्त्रप्रेमी नेपाली युवाहरुको समूहले बीपी कोइराला युवा नेतृत्व विकास मञ्चको स्थापना गरेका छन् । बीपीको बहुआयामिक व्यक्तित्वको चर्चा अनि सम्झना गर्दै स्थापित बीपी कोइराला युवा नेतृत्व विकास मञ्च अष्ट्रेलियाको कार्यसमितिको घोषणा उक्त मञ्चका ओसेनिया संयोजक प्रज्वल भट्टराईको सभापतित्वमा सञ्चालित एक कार्यक्रमका बीच गरिएको थियो।

नवगठित मञ्चको अष्ट्रेलिया कार्यसमितिको अध्यक्षमा रमेश अधिकारी, एनएसडब्लु संयोजकमा सगुन विक्रम राणा, भिक्टोरिया संयोजकमा तिलक सापकोटा, क्वीन्सल्यान्ड संयोजकमा सुनिल बस्नेत, साउथ अष्ट्रेलिया संयोजकमा उमेश पौडेल, एसीटी संयोजकमा बिनोद उप्रेती, तास्मानिया संयोजकमा सुरज अधिकारी, नर्दन टेरोटेरीमा केशव वाग्ले संयोजक तोकिएका छन् ।

कार्यसमितिको उपाध्यक्षमा धन तामाङ, कृष्ण पौडेल र बिष्णु कोइराला छन् । मञ्चको महासचिवमा क्षीतिज कार्की, सचिवमा भुपाल कार्की, कोषाध्यक्षमा सुजाता सिग्देल चयन भएका छन् । संस्थाका कार्यसमिति सदस्यमा रविन्द्र सापकोटा, एकनाथ सुवेदी, नेत्र पौडेल, तारा दाही, सोभितजङ्ग कुँवर, पुष्पा रिमाल, सुवासचन्द्र अर्याल र अर्जुन तिमल्सिना छन्।

लुमिया नेपाली समाजका अध्यक्ष प्रकाश हुमागाईँले सञ्चालन गरेको कार्यक्रममा उपस्थित सामुदायका अग्रज तथा अभियान्ता वक्ताहरुले बीपीको विचार र सिद्धान्त अनि राजनीतिक सोचका बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै एनआरएन ग्लोबलका उपाध्यक्ष मन खत्रीले बीपीको व्यक्तित्व र चिन्तनलाई सम्झन पाउनु पनि हाम्रो लागि महत्वपूर्ण अवसरका रुपमा रहेको बताए भने नेपाली कांग्रेस जनसम्पर्क समिति समन्वय विभागका केन्द्रीय सदस्य सुजित सिंहले बीपीको विचार, सिद्धान्त र राजनीतिक सोचका बारेमा चर्चा गर्दै गठित कार्यसमितिलाई बधाई दिएका थिए र आउँदा दिनमा बीपी कोइरालाको चिन्तनलाई सम्पूर्णमा पुर्‍याउनको लागि प्रोत्सहान गरेका थिए ।

जनसम्पर्क समिति अष्ट्रेलियाका सभापति कृष्ण गिरी लगायतका वक्ताले कांग्रेस र बीपीको सिद्धान्तका बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा गठित कार्यसमितिका सम्पूर्ण सदस्यहरुलाई एनआरएन ग्लोबलका उपाध्यक्ष मन खत्री र नेपाली कांग्रेस जनसम्पर्क समिति समन्वय विभागका केन्द्रीय सदस्य सुजित सिंहले संयुक्तरुपमा ओहोदाको प्रमाणपत्र हस्तान्तरण गरेका थिए।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय