scheduleबुधवार बैशाख २९ गते, २०७८

कस्तो रहला सोमबार दिनभरको मौसम ?

काठमाडौं, ६ वैशाख । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको साथसाथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको देखिन्छ ।

अहिले देशको पहाडी भू-भागहरुमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार आज दिनभरको मौसम यसप्रकार रहने छ ।

दिउँसो: देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।देशको पहाडी भू-भागका थोरै स्थानहरुमा अपरान्ह पछि मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

राती: देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श:

देशको पहाडी भू-भागका थोरै स्थानहरुमा साँझपख मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय