scheduleबिहिवार बैशाख २३ गते, २०७८

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

 

काठमाडौं, ६ वैशाख । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक आज बस्दै छ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको हो ।

बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सत्ता समीकरणको प्रयासबारे छलफल हुने बताइएको छ ।

सर्वोच्च अदालतले माओवादी केन्द्र व्युँताइदिएपछि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बदल्ने प्रयत्‍नमा रहेको भएपनि माओवादीले सरकारबाट समर्थन भने फिर्ता लिन सकेको छैन ।

समर्थन फिर्ता नलिँदा नयाँ सरकार बन्‍न नसकेको भन्दै प्रतिपक्षी दलका नेताहरुले माओवादीको आलोचना गर्दै आएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय