scheduleआइतवार जेष्ठ २ गते, २०७८

पछिल्लो २४ घण्टामा ७.८३ लाख नयाँ संक्रमित थपिए, ११ हजारभन्दा धेरैको मृत्यु

काठमाडौं, ६ वैशाख । पछिल्लो २४ घण्टामा विश्वमा ७.८३ हजार कोरोना संक्रमित थपिएका छन् । यो समयमा ११ हजारभन्दा धेरै कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेको संख्या ११ हजार ५७४ रहेको छ ।

यीमध्ये सबैभन्दा धेरै संक्रमित भारतका रहेका छन् । यहाँ शनिबार २.६० लाख नयाँ संक्रमित पहिचान भए । यसपछि ब्राजिलमा ६५ हजार ७९२ संक्रमित पहिचान भएका छन् भने अमेरिका ६३ हजार ५८१ नयाँ संक्रमित पहिचान भएका छन् ।

टर्कीमा ६२ हजार ६०६ जना संक्रमित फेला पर्दा फ्रान्समा ३५ हजार ८६१ जना संक्रमित पहिचान भएका छन् ।

अहिलेसम्म विश्वमा १४ करोड १३ लाखभन्दा बढी मानिसमा कोरोना संक्रमण फेला परेको छ । यीमध्ये ३० लाख २३ हजारको मृत्यु भइसकेको छ भने ११.९९ करोड मानिस निको भइसकेका छन् ।

अहिले १.८३ करोड मानिस सक्रिय संक्रमित रहेका छन् । यीमध्ये ६ हजार ८८६ जनाको अवस्था ग्मभीर छ भने १.८२ लाख संक्रमितको अवस्था भने सामान्य छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय