scheduleबुधवार बैशाख २९ गते, २०७८

रहेनन् पूर्व मन्त्री सुवाल

काठमाडौँ, ६ वैशाख । समाजसेवी एवं पूर्व स्वास्थ्य मन्त्री प्रयागराज सिंह सुवालको आइतबार बेलुकी उनकै निवास झोछेँमा निधन भयो । उनि ९३ वर्षका थिए ।

प्रजातन्त्रका लागि लडेका पुराना नेताहरुमध्येका एक उनि लामो समय नेपाली काँग्रेसमा रही राजनीतिमा सक्रिय भए। पञ्चायत कालमा स्नातकहरुमध्येबाट सांसद चुनिएका उनि कुनै बेला काठमाडौँ नगरको मेयर पनि थिए । उनले परोपकार संस्थाको अध्यक्षको भूमिका पनि निर्वाह गरे ।

उनका श्रीमती, दुई छोरा र एक छोरी छन् । दिवङ्गत सुवालको आज टेकू दोभानमा अत्येष्टि गरिने परिवारजनले जानकारी दिएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय