scheduleआइतवार जेष्ठ २ गते, २०७८

सुनको मूल्य बढ्ने क्रम जारी, कति छ आजको मूल्य

काठमाडौं, ६ वैशख । पछिल्लो समय सुनको मूल्य बढ्ने क्रम जारी रहेको छ । साताको दोस्रो दिन सोमबार सुनको मूल्य तोलाको तीन सयले बढेर ९१ हजार पुगेको छ।

आइतबार सुन प्रतितोला ९० हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै सोमबार चाँदीको मूल्य तोलामा १३ सय रुपैयाँमा कारोबार भइरहेको। चाँदीको मूल्य तीन दिनदेखि स्थिर रहेको छ।

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ७८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय