scheduleबिहिवार बैशाख २३ गते, २०७८

कुनै बेला मुम्बईका गल्लीमा कस्मेटिक सामान बेच्दै हिड्थे अरशद वारसी

काठमाडौं, ६ बैशाख । बलिउड अभिनेता अरशद वारसी ५३ वर्षका भ‍एका छन् । आज उनको जम्म दिन हो ।

सन् १९६८ को अप्रिल १९ तारिखमा वारसीको जन्म भएको थियो । उनको जीवन संघर्ष र कठिनाइले भरिएको छ । सानै उमेरदेखि संघर्ष गर्दै आएका वारसीले १० कक्षा पढ्दापढ्दै विद्यालय छोड्नु परेको थियो । बुबाको निधनपछि उनी आफ्नो घर छोडेर डेरामा बसेका थिए ।

त्यसपछि वारसीले आफ्नो पेट भर्नका लागि विभिन्न काम गर्नु पर्‍यो । कुनै बेला उनले हातमुख जोर्नका लागि फोटो ल्याबमा काम गरेका थिए ।त्यस्तै वारसी एक पटक सेल्समेन समेत बने । उनले सेल्समेन बनेर कस्मेटिक सामान बेच्थे । यही क्रममा उनले बलिउडसँग परिचित हुने मौका पाए ।

फोटो ल्याबमा काम गर्ने बेलादेखि नै नृत्यप्रति उनको गहिरो रुचि बढेको थियो । मुम्बइस्थित अकबर सामीको तृत्य समूहमा सामेल हुने मौका पाएपछि उनको जीवनले कोल्टे फेर्‍यो । उनले सोही समूहबाट नृत्य गर्दै ठिकान र काश फिल्ममा कोरियोग्राफी गर्ने मौका पाए ।

वारसीले १९९१ मा इन्डियन तृत्य प्रतियोगिता जितेका थिए भने एक वर्षभित्रै २१ वर्षको उमेरमा लण्डनमा आयोजित वर्ल्ड डान्स कम्पिटिसनको आधुनिक जाज समूहमा चौथो पुरस्कार जिते ।

त्यसपछि वारसीले विभिन फिल्ममा सहायक भूमिका निभाउँदै कलाकारको पहिचान बनाउँदै लगे । उनले ‘वे मेरै दो अनमोल रतन’, ‘होगी प्यार कि जीत’, ‘जितेंगे हम’ तथा ‘जानी दुश्मन’ जस्ता फिल्ममा काम गरे ।

तर २००३ मा बनेको ‘मुन्नाभाइ एमबिबिएस’ले वारसीको क्यारियरलाई पूरै बदल्यो । सो फिल्ममा उनले निभाएको सर्किटको भूमिकाले धेरैको मन छोयो ।

मुन्ना भाइ एमबिबिएसपछि उनले ‘हलचल’, ‘मैने प्यार क्यों किया’, ‘गोलमाल’, ‘जिला गाजियावाद’, ‘जोली एलएलबी’ जस्ता सफल फिल्ममा अभिनय गरेका छन् । उनी बिग बोसको पहिलो सिजनका प्रस्तोता समेत हुन् ।

गत वर्ष उनी फिल्म दुर्गामतीमा देखा परेका थिए । केही समयपछि उनी अक्षय कुमारसँगै फिल्म बच्चन पाण्डेमा देखा पर्दैछन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय