scheduleबिहिवार बैशाख २३ गते, २०७८

पोखरेलविरुद्ध तीन दलद्वारा अविश्वासको प्रस्ताव दर्ता, यस्तो छ प्रदेशसभाको अंकगणित

फाइल फोटो

काठमाडौं, ६ बैशाख । सोमबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध तीन दलले अविश्वास प्रस्ताव दर्ता गरेका छन् । नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपाका सांसदहरुले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।

तीन दलका ४१ सांसदको हस्ताक्षरसहित प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरिएको हो । उक्त प्रस्तावमा नेकपा माओवादीका कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्रीको रुपमा अगाडि सारिएको छ ।

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री पोखरेललाई हटाउने गृहकार्यपछि तीन दलले आज अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । यसअघि समर्थन गर्दै आएको माओवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री पोखरेलले बहुमत गुमाउने देखिन्छ ।

लुम्बिनी प्रदेशसभामा ८७ जना सांसद छन् तर माओवादीले कारबाही गरेका दधिराम न्यौपाने र दिनेशपन्थीले सदस्यता गुमाइसकेका छन् । दुईजनाले सदस्यता गुमाएपछि प्रदेशसभामा कुल ८५ जना सांसद छन् ।

प्रदेशसभामा एमालेसँग ४१ सीट छ भने माओवादीको २० सांसद छन् । तर माओवादीका एकजना सभामुख रहेको र २ जनालाई कारवाही गरिएको हुनाले १७ जनाले मात्रै अविश्वासको पक्षमा भोट हाल्न पाउने छन् ।

यता प्रदेशसभामा नेपाली काँग्रेसका १९ सांसद छन् । जसपाको ६ सीट र राष्ट्रिय जनमोर्चाको एक सीट छ ।

यसरी हेर्दा मुख्यमन्त्रीलाई आफ्नो सरकार जोगाउन एमालेबाहेक २ सांसद चाहिन्छ । तर प्रदेशसभामा रहेका एमालेका सबै सांसदले अविश्वास प्रस्तावको विपक्षमा भोट नहाल्न सक्छन् । अर्थात् लुम्बिनीमा पनि कर्णाली प्रदेशमा झैं ‘फ्लोर क्रस’ हुने संभावना देखिन्छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय