scheduleबिहिवार बैशाख २३ गते, २०७८

बाघलान भिडन्तमा आठको मृत्यु

फाइल फोटो

पुल–ए–खुम्री, ६ बैशाख । युद्धग्रस्त अफगानिस्तानको उत्तरी बाघलान प्रान्तमा सोमबार भएको भिडन्तमा छ जना विद्रोही र दुई जना सुरक्षाकर्मीको मृत्यु भएको छ ।

प्रान्तीय प्रहरी प्रवक्ता अहमद जावेद बशारातले बाघलान ए मर्काजी जिल्लाको सुरक्षा जाँच चौकीमा तालिबान लडाकू समूहले सुरक्षाकर्मीले आक्रमण गरेपछि सोमबार बिहानै भिडन्त भएको बताए । विद्रोही तालिबानले आफ्ना छ जना साथीको शव छाडेर भागेको पनि उनले जानकारी दिए ।

भिडन्तमा छ जना सुरक्षाकर्मी र आठ जना विद्रोही घाइते भएका छन् । बशारातले भने, सुरक्षाकर्मीले बाघलान ए मार्काजी जिल्ला र त्यस आसपासमा सक्रिय विद्रोही विरुद्धको कारबाही जारी राखेका छन् ।

उक्त भिडन्तका बारेमा बाघलानका तालिबानी विद्रोहीले कुनै प्रतिक्रिया दिएका छैनन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय