scheduleबुधवार बैशाख २९ गते, २०७८

लुम्बिनी सरकारबाट समर्थन फिर्ता लिएसँगै दुई माओवादी मन्त्रीद्वारा राजीनामा

लुम्बिनी, ६ बैशाख । नेकपा माओवादी केन्द्रका तर्फबाट लुम्बिनी प्रदेश सरकारमा सहभागी दुई मन्त्रीले राजीनामा दिएका छन् ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी र सामाजिक विकासमन्त्री सुदर्शन बरालले राजीनामा दिएका हुन् ।

आज नै माओवादी केन्द्रले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग मिलेर मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिसकेको छ ।

तीन दलका ४१ सांसदको हस्ताक्षरसहित प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरिएको हो । उक्त प्रस्तावमा केसीलाई नयाँ मुख्यमन्त्रीको रुपमा अगाडि सारिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय