scheduleआइतवार जेष्ठ २ गते, २०७८

‘ओली सरकारले राजनैतिक र नैतिक दृष्टिकोणबाट सरकारमा रहिरहने वैधानिकता गुमाइसक्यो’

काठमाडाैं, ६ कात्तिक । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ओली सरकारले राजनैतिक र नैतिकदृष्टिकोणबाट सरकारमा रहिरहने वैधानिकता गुमाई सकेको बताएका छन् ।

सोमबार नेपाल प्रेस युनियन काठमाडौ शाखाले आयोजना गरेको नवनिर्वाचित पत्रकार महासंघका पदाधिकारी सम्मान कार्यक्रममा उनले संविधान मिच्ने अनि सरकारमा बसिरहने सरकारसँग नैतिकता नै नरहेको बताएका हुन् ।

नेता सिंहले सरकारले देश र जनताको पक्षमा काम गर्न नसकेको समेत बताए । उनले सरकारले विकास निमार्णका कार्य केहि नगर्ने तर जनतामा विकास भएको भ्रम सिर्जना गरिएको आरोप पनि लगाए ।

नेता सिंहले अब देशलाई निकास दिलाउन नेपाली काँग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने धारणा राखे । कार्यक्रममा महासंघका अध्यक्ष बिपुल पोखरेलले सरकारको प्रेस विरोधी कदम विरुद्ध कडा रुपमा प्रस्तुत हुने बताए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय