scheduleबिहिवार बैशाख २३ गते, २०७८

कोरोनाका कारण बेलायती प्रधानमन्त्री जोनसन भारत नआउने

एजेन्सी, ६ बैशाख । कोरोनाको बढ्दो जोखिमका कारण बेलायती प्रधानमन्त्री बोरिस जोनसनको भारत भ्रमण रद्द भएको छ ।

यही महिनाको अन्त्यतिर तय गरिएको जोनसनको भ्रमण हालका लागि स्थगित भएको भारतीय समाचार माध्यमले जनाएका छन् । भारतमा कोरोनाको बढ्दो संक्रमणबीच उत्पन्न खतराकाबीच उक्त भ्रमण स्थगित गरिएको समाचारमा उल्लेख छ ।

अप्रिल २५ का लागि तय गरिएको जोनसनको भ्रमण स्थगित भएको हो । निर्धारित भ्रमण स्थगित भए पनि जोनसनले अवस्था सामान्य भएपछि भारतको भ्रमण गर्न सक्ने बताइएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय