scheduleआइतवार जेष्ठ २ गते, २०७८

आफूविरूद्ध अविश्वास प्रस्ताव ल्याउनेलाई मुख्यमन्त्री पोखरेलले मन्त्री बनाउने, ४ बजे सपथ

काठमाडौं, ६ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफूविरूद्ध अविश्वासको प्रस्ताव ल्याउने जसपाका सांसदलाई मन्त्री बनाउने भएका छन्। उनीहरुको सपथ ग्रहण दिउँसो ४ बजेका लागि तोकिएको छ ।

सोमवार नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदहरूले मुख्यमन्त्री पोखरेलविरूद्ध प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गर्ता गरेका थिए।

अविश्वासको प्रस्ताव दर्ता भएसँगै माओवादी केन्द्रले पोखरेलको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । अविश्वास प्रस्ताव दर्ता गरेको दुई घन्टा नबित्दै जनता समाजवादी पार्टीका सांसदहरू मन्त्री पद पाउने भएपछि पोखरेल नेतृत्वकै सरकारमा सहभागी हुने भएका हुन् ।

आन्तरिक मामिला तथा कानून र सामाजिक विकास मन्त्रालयमा नयाँ मन्त्री नियुक्ति गर्न लागिएको लुम्बिनी प्रदेश सरकारले जनाएको छ ।

अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका जसपाका सांसदहरू विजय यादव, सन्तोष पाण्डे, कल्पना पाण्डे र सुमन रायमाझी मन्त्री बन्ने भएका हुन् ।

यीमध्ये कल्पना पाण्डेबाहेक अरू सबैले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका छन् । यी चार जना सांसदहरू तत्कालीन राष्ट्रिय जनता पार्टीका हुन्।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय