scheduleआइतवार जेष्ठ २ गते, २०७८

‘घरभित्र समर्थन नपाएपछि केपी ओलीले घरै भत्काउने काम गरिरहेका छन्’

काठमाडौं, ६ वैशाख । नेकपा एमालेका नेता माधव कुमार नेपालले आफुहरुको विरोध व्यक्ति बिशेषका लागि नभएर समग्र प्रवृतीको विरोध भएको बताएका छन् ।

नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखाले सोमवार काठमाडौंमा गरेको नवनिर्वाचित कार्यसमितिलाई पदस्थापन तथा बधाइ कार्यक्रममा नेता नेपालले केहि व्यक्तिमा गलत प्रवृति हावी भएको भन्दै त्यसलाई सुधार गर्नका लागि आफुहरुको विरोध भएको बताए ।

उनले आफ्नो समर्थन नभएपछि प्रधानमन्त्री ओलीले संसदलाई घाँडो ठानेको तर्क गरे । घरभित्र समर्थन नपाएपछि घरै भत्काउने काम अहिले भएको उनकाे भनाइ छ ।

उनले गलत कुराको हार र सत्य कुराको जित हुने दावीसमेत गरे । केपी ओलीलाई प्रधानमन्त्री बनाउन जसले भर्‍याङ बनाइदियो उसैलाई सडकमा पुर्‍याएको उनले बताए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय