scheduleबिहिवार बैशाख २३ गते, २०७८

‘क्षेत्रीय शान्ति र स्थिरताका लागि साउदी अरबसँग वार्ता गर्न तयार छौं’

एजेन्सी, ६ बैशाख । इरानले साउदी अरबसँग वार्ता गर्न खुला रहेको बताएको छ । सोमबार इरानी विदेशमन्त्रालयले साउदी अरबसँग प्रत्यक्ष वार्ता गर्न तयार एवं खुला रहेको जनाएको हो ।

सोमबार इरानी विदेशमन्त्रालयका प्रवक्ता सइद खातिबजादेहले आफ्नो मुलुक साउदी अरबसँग वार्ता गर्न तयार रहेको बताएका हुन् ।

केही समयअघि इराकको राजधानी बगदादमा दुबै मुलुकका अधिकारीहरुबीच गोप्य वार्ता भएको समाचार बाहिर आएको छ । उक्त समाचार बाहिर आएपछि इरानले आफू साउदी अरबसँग वार्ता गर्न तयार रहेको बताएको हो ।

अप्रिल ९ मा बगदाद भएको भनिएको गोप्य वार्ताबारे खातिबजादेहले कुनै टिप्पणी भने गरेनन् । तर साउदी अरबसँगको वार्तालाई इरानले सँधै स्वागत गर्ने र त्यस्तो वार्ता दुबै मुलुकका जनता, क्षेत्रीय शान्ति एवं स्थिरताका लागि लाभदायक हुने उनको भनाइ छ ।

साउदी अरब र इरान चिरपरिचत क्षेत्रीय प्रतिद्धन्द्धी हुन् । सन् २०१६ को जनवरीमा दुबै मुलुकले कुटनीतिक सम्बन्ध विच्छेद गरेका थिए । साउदी अरबले एक प्रख्यात शिया नेतालाई फाँसी दिएलगत्तै इरानको राजधानी तेहरानस्थित साउदी राजदूताबासमा तोडफोड भएपछि दुबै मुलुकबीचको कुटनीतिक सम्बन्ध विच्छेद हुन पुगेको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय