scheduleबुधवार बैशाख २९ गते, २०७८

एमाले निकट खेलकुद महासंघको नेतृत्व पुनर्गठन भोली, प्रम ओलीले सम्बोधन गर्ने

काठमाडौं, ६ वैशाख । नेकपा एमाले निकट नेपाल खेलकुद महासंघको भेला मंगलवार काठमाडौंमा हुने भएको छ ।

महासंघले सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै खेलकुदको मध्यमबाट नेपालको बाम लोकतान्त्रीक आन्दोलनका आधारभूत मान्यतालाई समेत ध्यान दिएर खेल क्षेत्रको बिकासका लागि भेला आयोजना गरिएको जानकारी दिए ।

खेलकुद नागरिकको मौलिक अधिकार, सम्वृद्धिका लागि जनस्वास्थ्य हाम्रो सरोकार भन्ने नाराका साथ भेला आयोजना गर्न लागिएको भेला संयोजक रमेश पौडेलले बताए ।

भेलामा ७७ वटै जिल्ला तथा आवद्ध बिभिन्न खेल संस्थाहरुबाट करिव १ हजार जना प्रतिनिधिहरुको उपस्थीतमा खेलकुद र यस क्षेत्रको बिकासका बारेमा छलफल गरिने उनले बताए ।

त्यस्तै आगामी कार्यदिशा सहित केहि महत्वपूर्ण घोषणाका सार्थ नेतृत्वको समेत पुनर्गठन गरि घोषणा गरिने पौडेलले बताए ।

भेलाको मंगलवार राष्ट्रियसभा गृहमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने महासंघले जनाएको छ ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय