scheduleबिहिवार बैशाख २३ गते, २०७८

लकडाउन हुने भएपछि दिल्लीका खाद्यान्न र रक्सी पसलमा मानिसको भीड लाग्यो

एजेन्सी, ६ बैशाख । कोरोनाबाट संक्रमित हुनेको संख्या लगातार बढेपछि भारतको राजधानी दिल्लीमा एक साता लकडाउन गरिँदै छ ।

राजधानी दिल्लीमा आज राति १० बजेदेखि लकडाउन सुरु हुँदैछ । लकडाउनका समयमा अत्यावश्यक सेवाबाहेक सबै बन्द हुने भएका छन् ।

यता दिल्ली सरकारले लकडाउन गर्ने घोषणा गरेसँगै त्यहाँका खाद्यान्न तथा रक्सी पसलमा मानिसको ठूलो भीड लागेको छ ।

विशेषगरी रक्सी पसल अगाडि मानिसको ठूलो भीड लागेको भारतीय समाचार माध्यमले जनाएका छन् । दिल्लीको गोल मार्केटस्थित रक्सी पसल अगाडि मानिसहरु ठूलो संख्यामा जम्मा भएका छन् । ठूलो भीडका कारण पसलेहरुले सामाजिक दूरी कामय गर्न असमर्थ रहेका छन् ।

खाद्यान्न तथा रक्सी पसलमा एक्कासि मानिसहरु जम्मा हुन थालेपछि प्रहरीले उनीहरुलाई हटाउने प्रयास समेत गरिरहेका छन् । तर प्रहरीको प्रयासका बाबजुद भीड नियन्त्रण बाहिर गइरहेको समाचारमा उल्लेख छ ।

रक्सी किन्न गएका केही मानिसले लामो समय लकडाउन हुन सक्ने र रक्सीको अभाव हुन सक्ने भन्दै आफूहरु लकडाउन सुरु हुनुपूर्व नै पसलमा आएको प्रतिक्रिया दिएका छन् ।

रक्सी किन्न जम्मा भएका मानिसमध्ये एकजना वृद्ध महिलाले भिडियोमा भनेको कुरा यतिबेला भाइरस बनेको छ ।

भाइरल भएको सो भिडियोमा ती महिलालाई ‘पसलमा किन आउनु भएको हो ?’ भनेर सोधिएको छ । जवाफमा उनले भनेकी छन्- ‘रक्सी लिन आएकी हुँ ।’

साथै, ती महिलाले कोरोना भाइरसविरुद्ध खोपले फाइदा नगर्ने तर रक्सीले धेरै फाइदा गर्ने समेत बताइन् । आफूले ३५ वर्षदेखि हरेक दिन एक पैग रक्सी खाँदै आएको र अहिलेसम्म कुनै औषधि नखाएको सुनाउँदै उनले भनिन्, ‘सरकारले केबल रक्सी पसल खुला राखे पुग्छ । मानिसलाई डाक्टर र अस्पतालमा जानु पर्दैन अनि उनीहरु पछिसम्म पनि जानु पर्दैन ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय