scheduleआइतवार जेष्ठ २ गते, २०७८

परिवारमा ५ जना संक्रमित भएपछि मदन कृष्ण भन्छन्- ‘भाइरसलाई खेलाँची नगर्नु होला’

काठमाडौं, ६ बैशाख । चर्चित कलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण भएको छ । श्रेष्ठले आफूसँगै परिवारका अन्य सदस्यलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् ।

श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफूसँगै आफ्ना छोरा,छोरी, बुहारी र नातिनीलाई कोरोना भएको जानकारी दिएका हुन् । ‘म लगायत मेरा छोरा, छोरी, बुहारी र नातिनी पाँचै जनालाई कोरोना देखिएको छ’, उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘कोरोना भइसकेपछि सास्तीचाहिँ हुने रहेछ त्यसैले यो भाइरसलाइ खेलाँची नगर्नु होला ! जति सकिन्छ कोरोनाबाट सतर्क रहनु होला ।’

त्यस्तै श्रेष्ठले आफ्नो जन्मदिनमा शुभकामना दिनेप्रति धन्यवाद समेत व्यक्त गरेका छन् । ‘बर्थडे विस गर्नु हुने सबैलाई धेरै धेर धन्यवाद’, उनले लेखेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय