scheduleआइतवार जेष्ठ २ गते, २०७८

माधव नेपालसहित ८ जनालाई स्पष्टीकरण सोध्ने नेकपा एमालेको निर्णय

काठमाडौं, ६ वैशाख । नेकपा एमालेले माधव नेपालसहित ८ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

बालुवाटारमा बसेको पार्टीको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने र गराउन नेतृत्व गरेका ८ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

बैठकले पार्टी अनुशासन विपरित गतिविधि गर्न नेतृत्वदायी भूमिका खेलेको भन्दै माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डे र फ्लोर क्रस गर्ने प्रकाश ज्वाला,कुर्मराज शाही,नन्दसिंह बुढा र अमर थापालाई पनि स्पष्टीकरण सोधिएको केन्द्रीय सदस्य माधव ढुंगेलले जानकारी दिए।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय