scheduleआइतवार जेष्ठ २ गते, २०७८

गण्डकी प्रदेशसभाको विशेष अधिवेशन वैशाख १३ गतेका लागि आह्वान

काठमाडौं, ६ वैशाख । गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले वैशाख १३ गते दिउँसो १ बजेका लागि विशेष अधिवेशन आह्वान गरेका छन् ।

आफूविरुद्ध संसद्मा अविश्वासको प्रस्ताव दर्ता हुने भएपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले वैशाख १ को राति १२ बजे अधिवेशनको अन्त्य गरेका थिए ।

कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले संवैधानिक व्यवस्था अनुसार विशेष अधिवेशनको माग गरेका थिए । उनीहरुको माग बमोजिम विशेष अधिवेश्न आह्वान गरिएको हो ।

कांग्रेस, माओवादी केन्द्र, जनता समाज पार्टी र राष्ट्रिय जनमोर्चाको चार दलीय मोर्चाले वैशाख २ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय