scheduleबिहिवार बैशाख २३ गते, २०७८

हवाई भाडा बढ्यो, कुन ठाउँकाे कति ?

काठमाडौं, ६ वैशाख । इन्धनको मूल्य बढेसँगै हवाई भाडा पनि बढेको छ । वायुसेवा सञ्चालकले हवाई भाडा बढाउने निर्णय गरेको एक अधिकारीले बताएका छन् ।

नेपाल आयल निगमले गत शनिबार रातिबाट लागु हुने गरी हवाई इन्धनको मूल्यमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरेको थियो । त्यसै निर्णयअनुसार हवाई भाडा वृद्धि भएको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले बताएका छन् ।

बढेको भाडालाई नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत स्वीकृत गरेको छ । निर्णय अनुसार सबैभन्दा बढी काठमाडौंबाट धनगढीका लागि ८५ रुपैयाँ बढेको छ ।

पर्वतीय उडानतर्फको भाडा ६५ रुपैयाँ बढी लाग्ने भएको छ भने नेपालगन्जका लागि ६५ रुपैयाँ र भद्रपुरका लागि ६० रुपैयाँ बढेको छ ।

काठमाडौंबाट सिमराका लागि १५ रुपैयाँ बढेको छ भने काठमाडौंबाट पोखरा उड्दा ३५ रुपैयाँ बढी तिर्नुपर्ने भएको निगमले जनाएको छ ।

भैरहवाका लागि ४५ रुपैयाँ बढेको छ भने विराटनगरका लागि ५० रुपैयाँ भाडा बढेको प्राधिकरणले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय