scheduleआइतवार जेष्ठ २ गते, २०७८

जुनसुकैपनि बेला निर्वाचनमा जानुपर्ने हुन सक्छ, तयार भएर बस्नु – प्रम ओली

काठमाडौं, ६ वैशाख । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै बेलामा पनि निर्वाचनमा जान तयार हुन आफ्ना कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा जुनसुकै बेलामा पनि चुनावमा जानुपर्ने हुनसक्ने भएकोले तयार भएर बस्न आग्रह गरेका हुन् ।

आफूहरुले जोखिम मोलेर भएपनि नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता गरेको भन्दै उनले आफूहरुले धेरै राम्रो काम गरेको पनि दाबी गरे ।

पार्टीको आज बसेको दसौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै ओलीले सरकारमा रहँदा जनता र देशको हितमा अधिकतम परिणाम दिने गरी काम गर्ने, प्रतिरक्षामा रहनु परे तदनुरुपकै प्रभावकारी भूमिका खेल्ने र जुनसुकै बेला निर्वाचनमा जान तयार रहनुपर्ने बताए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय