scheduleआइतवार जेष्ठ २ गते, २०७८

आजबाट दोस्रो चरणको खोप दिइँदै, काठमाडौँ उपत्यकामा मात्र १९ भन्दा धेरै केन्द्रहरू

काठमाडाैं, ७ वैशाख । सरकारले आजदेखि नोबेल कोरोना भाइरसबिरुद्धको दोस्रो चरणको खोप लगाउँदैछ । यसअघि पहिलो चरणको कोभिसिल्ड खोप लगाएकाहरूलाई दोस्रो चरणको खोप लगाइने स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले बताए।

पहिलो चरणमा ४ लाख ३९ हजारले कोभिशिल्ड खोप लगाएका थिए । उनीहरूलाई मुलुकभरका ९ सय ५३ वटा खोप केन्द्रबाट दोस्रो मात्रा दिइने उनको भनाइ छ । ज्वरो आएका वा कुनै स्वास्थ्य समस्या भएका व्यक्तिले भने खोप लगाउन मिल्दैन ।

खोप लगाएपछि पनि दुरी कायम गर्ने, मास्क लगाउने, साबुनपानीले हात धुने बानी कायम राख्न स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ । खोप लगाउनका लागि काठमाडौँ उपत्यकामा मात्र १९ भन्दा धेरै केन्द्रहरू तोकिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय