scheduleआइतवार जेष्ठ २ गते, २०७८

आइपीएल क्रिकेट : दिल्ली क्यापिटल्स र मुम्बई भिड्दै

काठमाडाैं, ७ वैशाख । भारतमा जारी १४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) टी ट्वान्टी क्रिकेटमा आज एक मात्र खेल हुँदैछ । आज हुने खेलमा तेस्रो स्थानमा रहेको दिल्ली क्यापिटल्स र चौथों स्थानमा रहेको मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ ।

चेन्नईस्थित एमए चिदम्बरम् स्टेडियममा हुने यी दुई टोलीबीचको खेल राती ८ बजेबाट सुरु हुनेछ । यसअघि गयराति भएको खेलमा चेन्नई सुपर किङ्सले दोस्रो जित निकालेको छ । राजस्थान रोयल्सलाई ४५ रनले पराजित गर्दै चेन्नईले दोस्रो जित हात पारेको हो ।

चेन्नईले दिएको १ सय ८९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो । जितसँगै चेन्नई लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय