scheduleबिहिवार बैशाख २३ गते, २०७८

‘सुपर लिगमा सहभागी हुने खेलाडीलाई प्रतिबन्ध लगाउन असमभव छ’

एजेन्सी, ७ बैशाख । आइतबार युरोपका शीर्ष १२ फुटबल क्लबले युरोपेली सुपर लिग (ईएसएल) नामक नयाँ प्रतियोगिताको घोषणा गरेसँगै फुटबल जगतमा हलचत मच्चिएको छ ।

संस्थापक क्लबमा प्रिमियर लिगका ६, स्पेनिश लिग र इटालियन लिगका ३-३ क्लब रहने गरी नयाँ प्रतियोगिताको घोषणा गरिएको हो । प्रिमियर लिगबाट आर्सनल, चेल्सी, म्यानचेस्टर युनाइटेड, म्यान्चेस्टर सिटी, लिभरपुल र टोटनह्याम एवं इटालीका एसी मिलान, इन्टर मिलान तथा युभेन्टस र स्पेनिश क्लब बार्सिलोना, रियल म्याड्रिड र एटलेटिको म्याड्रिड संस्थापक क्लबको रुपमा ईएसएलमा सहभागी भएका छन् ।

हरेक सिजनमा २० टोली सहभागी हुने गरी ईएसएलको घोषणा गरिएको हो । हालका १२ संस्थापक क्लबबाहेक अन्य ३ क्लबले हरेक सिजनमा सहभागी हुने ईएसएलले जनाएको छ । त्यस्तै बाँकी ५ टोलीलाई लिगको प्रदर्शनका आधारमा छनौट गरिने बताइएको छ ।

नयाँ प्रतियोगिताले फुटबलमा ठूलो हानि गर्ने भन्दै कतिपयले ईएसएलको आलोचना गरेका छन् । आलोचना गर्नेमा खेलाडी मात्रै छैनन्, राजनीतिकज्ञहरु समेत छन् ।

फिफा र युईएफएले समानान्तर प्रतियोगितामा सहभागी हुने खेलाडी र क्बललाई राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रियमा खेल्न नपाउने गरी प्रतिबन्ध लगाउन सकिने बताइरहेका छन् ।

तर ईएसएलका अध्यक्ष समेत रहेका रियल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले नयाँ प्रतियोगितामा सहभागी हुने खेलाडीमाथि प्रतिबन्ध लगाउन असंभव रहेको बताएका छन् ।

युईएफएका अध्यक्ष अलेक्जान्डर सेफेरिनले ईएसएलमा सहभागी हुने खेलाडीलाई विश्व कप र युरो कपबाट प्रतिबन्ध लगाउने बताएपछि पेरेजले यस्तो टिप्पणी गरेका हुन् ।

‘कोही खेलाडी डराउनु पर्दैन किन भने त्यो कुरा संभव हुने छैन’, एल सिरिङगुइटोसँग कुरा गर्दै पेरेजले भने, ‘खेलाडीहरु सुपर लिगमा सहभागी भए भने उनीहरुमाथि प्रतिबन्ध लाग्ने छैन ।’

त्यस्तै ईएसएलमा सहभागी हुने क्लबमाथि प्रतिबन्ध लगाउन समेत असंभव रहेको पेरेजको भनाइ छ । कानुनमा प्रतिबन्ध लगाउने व्यवस्था नभएको हुनाले क्लबहरु ईएसएलमा ढुक्कसँग खेल्न सक्ने उनले बताए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय