scheduleबिहिवार बैशाख २३ गते, २०७८

सिरियामा रुसी लडाकु विमानद्वारा ठूलो आक्रमण, २ सय विद्रोहीको मृत्यु

एजेन्सी, ७ बैशाख । सिरियामा रुसले गरेको हवाई आक्रमणमा परी झण्डै दुई सय विद्रोही लडाकुको मृत्यु भएको छ ।

सिरियाली सहर पालमेइराको उत्तर-पूर्वी क्षेत्रमा अवस्थित विद्रोहीको तालिम केन्द्रमा लडाकु विमानले गरेको आक्रमणमा परी २ सय लडाकुको ज्यान गएको रुसी सेनाले जनाएको हो ।

उक्त आक्रमणमा २४ वटा सवारी साधनसहित आधा टन बराबरको विस्फोटक पदार्थ नष्ट भएको एक रुसी अधिकारीले बताएका छन् ।

विद्रोहीहरुले गोप्य रुपमा सञ्चालन गर्दै आएको तालिम केन्द्रबारे जानकारी प्राप्त भएपछि रुसी सेनाले हवाई हमला गरेको थियो ।

आक्रमण गरिएको उक्त तालिम केन्द्रमा विद्रोहीले विस्फोटक पदार्थ बनाउने र सिरियाका विभिन्न स्थानमा हमला गर्नका लागि लडाकु पठाउने गरेको सिरियाका लागि रुसी मेलमिलाप केन्द्रका प्रमुख रियल एडमिरल अलेक्सान्डर कारपोभले बताएका छन् ।

आक्रमणमा परी ज्यान गुमाउने लडाकुहरु इस्लामिक स्टेट वा अल कायदासँग आबद्ध रहेको वा नरहेकोबारे कारपोभले केही खुलाएनन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय