scheduleशनिवार जेष्ठ १ गते, २०७८

सुनको भाउ घट्यो, चाँदीको स्थिर

काठमाडौँ, ७ वैशाख । पछिल्लो दिनमा निरन्तर बढिरहेको सुनको भाउ मंगलबार घटेको छ ।

सोमबार प्रतितोला ९१ हजार रुपैयाँ पुगेको सुनको भाउ मंगलबार तोलामा ३ सय रुपैयाँ घटेर ९० हजार ७ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन प्रतितोला ९० हजार २०० रुपैयाँमा कारोबार भएको छ । चाँदीको भाउ भने आज तेस्रो दिन मंगलबार पनि स्थिर नै रहेको छ ।

महासंघका अनुसार मंगलबार चाँदी प्रतितोला एक हजार ३ सय रुपैयाँमा कारोबार भएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय