scheduleबिहिवार बैशाख २३ गते, २०७८

बादल भित्र्याउन नेपाल समूह सिध्याउने रणनीतिमा बालुवाटार

काठमाडौं, ७ वैशाख । यसै साता बालुवाटारमा बोलाइएको सर्वदलीय बैठकमा सबै दल र पक्षका नेताहरु समेटिएनन् । त्यहाँ चारजना पूर्वप्रधानमन्त्री नै अनुपस्थित रहे ।

उक्त बैठकमा उपनिर्वाचनको प्रस्तावले पनि प्रवेश पाएको थियो । तर, प्रधानमन्त्री केपी शर्मा ओली भने प्रतिनिधिसभाका रिक्त पदहरुमा तत्कालका लागि मौन रहने र राष्ट्रियसभाको मात्रै उपचुनाव गर्ने रणनीतिमा रहेको बालुवाटार स्रोतले जनाएको छ ।

राष्ट्रिय सभाको सांसदबाट मुक्त भएका गृहमन्त्री रामबहादुर थापा बादलको ठाउँमा निर्वाचन गराउन निर्वाचन आयोगले जेठको पहिलो साताको मिति प्रस्ताव गरेको छ । किनकी राष्ट्रियसभामा ३५ दिनभित्र निर्वाचन गराउनैपर्ने संवैधानिक बाध्यता छ ।

तर, कर्णालीबाट झस्किएको नेकपा एमालेको ओली समूह भने हार्ने गरी चुनावमा जान नहुने पक्षमा देखिएको छ । जसरी पनि बादललाई जिताउनै पर्ने दबावमा रहेको ओली समूहले बादललाई भित्र्याउन माधव नेपाल समूहका सांसदहरुलाई कारबाही गर्ने रणनीति अख्तियार गर्ने बताइएको छ ।

प्रतिनिधिसभाको निर्वाचन गराउँदा विपक्षीहरु एकसाथ खनिने र आफ्ना उम्मेदवारले हार्ने अवस्था सिर्जना हुने भय प्रधानमन्त्रीलाई छ । बादललाई जिताउन पनि महाभारतको अवस्था देखिएको छ । यस्तो अवस्थामा माधव नेपाललगायतका सांसदहरुको पद खोस्दा देशव्यापीरुपमा अन्यलाई पनि ‘साइज’मा राख्न सकिने र केन्द्रमा पनि फ्लोर क्रस हुने सम्भावना नहुने आंकलन उक्त समूहको छ ।

यही तयारीलाई ध्यानमा राखेर सोमबार बालुवाटारमा बसेको पार्टी बैठकले माधव नेपाल समूहका केही सांसदलाई कारबाही गर्ने तयारी गरेको बुझिएको छ ।

यहीक्रममा पार्टी अनुशासन उल्लंघनको आरोपमा नेपाल पक्षका २७ जना प्रतिनिधिसभा सांसदलाई स्पष्टीकरण सोध्न लागिएको छ । आजै उनीहरूलाई स्पष्टीकरण पत्र पठाइन तयारी रहेको एमालेका एक नेताले जानकारी दिए ।

यहीक्रममामाधव नेपाल पक्षका ३५ संघीय संसदमध्ये २७ जनालाई स्पष्टीकरण पत्र पठाउन लागिएको उनले जानकारी दिए ।

ओली समूहले माधव नेपालसहित चार प्रमुख नेताहरूलाई यसअघि नै ६ महिने निलम्बन गरिसकेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय