scheduleबिहिवार बैशाख २३ गते, २०७८

युक्रेनी सीमामा १ लाख रुसी सेना, कुनै पनि बेला युद्ध भड्किन सक्ने ईयुको चेतावनी

एजेन्सी, ७ बैशाख । पछिल्लो समय युक्रेनी सीमाना नजिकै भारी मात्रामा हतियार तथा सेना तैनाथ गरेपछि रुस र पश्चिमी मुलुकबीच तनाव बढेको छ ।

अमेरिकासहित पश्चिमी राष्ट्रहरुले युक्रेनलाई अस्थिर बनाउनका लागि रुसले सीमानामा आफ्ना सेना पठाएको आरोप लगाइरहेको छ ।

यसैबीच युरोपेली युनियनका एक वरिष्ठ कुटनीतिज्ञले युक्रेनी सीमाना नजिकै भइरहेको रुसी गतिविधिले कुनै पनि बेला युद्ध भड्किन सक्ने चेतावनी दिएका छन् ।

युनियनका उच्च प्रतिनिधि जोसेप बोरेलले युक्रेनी सीमानामा रुसले गरेको हातहतियार एवं सैन्य तैनाथी चिन्ताको विषय भएको र यसबाट कुनै पनि बेला युद्ध सुरु हुन सक्ने बताएका हुन् ।

‘युक्रेनी सीमानामा हालसम्म कै ठूलो मात्रामा रुसी सेना परिचालन गरिएको छ । ठूलो मात्रामा सेना परिचालन गर्नु चिन्ताको विषय हो’, युरोपेली युनियनका विदेशमन्त्रीसँग भएको भर्चुअल बैठकपछि बोरेलले भने, ‘कुनै पनि स्थान वा कुनै पनि बेला द्धन्द्धको आगो सल्किन सक्छ ।’

बोरेलका अनुसार हाल युक्रेनी सीमानामा १ लाखभन्दा बढी रुसी सेना तैनाथ गरिएको छ । अमेरिकी रक्षा मन्त्रालयले समेत युक्रेनी सीमानामा रुसले सन् २०१४ मा क्राइमियालाई कब्जामा लिएदेखि कै उच्च मात्रामा सेना परिचालन गरेको बताएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय