scheduleबिहिवार बैशाख २३ गते, २०७८

नेपाल समूहले नेकपा स्थापना दिवस मनाउने, सहभागीलाई मास्क अनिवार्य


काठमाडौं, ७ वैशाख । नेकपा एमालेको माधव नेपाल-झलनाथ खनाल समूहले नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाउने भएको छ ।

वैशाख ९ गते उक्त समूहले नेकपाको ७२औं स्थापना दिवस मनाउने भएको हो । कार्यक्रम प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहीबार दिउँसो १२:३० बजेका लागि बोलाइएको छ ।

आयोजक नेकपा (एमाले) केन्द्रीय कमिटी लेखिएको निमन्त्रणापत्रमा सहभागीलाई माक्स अनिवार्य लगाउन भनिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय