scheduleबिहिवार बैशाख २३ गते, २०७८

कुशलले इतिहास रचे, डेब्युलगत्तै लगातार तीन अर्धशतक

काठमाडौं, ७ वैशाख । नेपाली क्रिकेट खेलाडी कुशल भुर्तेलले टी-२० अन्तर्राष्ट्रियमा लगातार तेस्रो अर्धशतक प्रहार गरेर इतिहास रचेका छन् ।

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको डेढ दशक भन्दा लामो इतिहासमा उनले नयाँ अध्याय लेखेका हुन् । यो अवधिमा उनले डेब्युदेखि लगातार तीन अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बन्दै इतिहास रचेका छन् ।

काठमाडौंमा भइरहेको त्रिकोणात्मक टी-२० सिरिजमा कुशलले लगातार तीन खेलमा ओपनिङ गर्दै अर्धशतक प्रहार गरे ।

योसँगै टी-२० अन्तर्राष्ट्रियमा लगातार तेस्रो अर्धशतक प्रहार गर्ने उनी पहिलो नेपाली खेलाडी समेत बनेका छन् । भुर्तेलले नेपालका लागि सर्वाधिक अर्धशतक प्रहार गर्नेमा दोस्रो स्थानमा उक्लन पनि सफल भएका छन् ।

उनले नेदरल्याण्ड्स विरुद्ध १३ औं ओभरमा अर्धशतक पूरा नयाँ रेकर्ड बनाए । उनले ४६ बलमा १ छक्का र ८ चौकासहित ६२ रन जोड्दै आउट भए ।

यसअघि उनले नेदरल्यण्ड्स र मलेसियाविरुद्ध अर्धशतक प्रहार गरेका थिए । उनले नेदरल्याण्ड्सविरुद्ध पहिलो खेलमा डेब्यु गर्दै ६२ रन बनाएका थिए । यस्तै मलेसिया विरुद्ध दोस्रो खेलमा अविजित ६१ रन बनाएका थिए ।

नेपालका लागि पारस खड्काले सर्वाधिक ५ अर्धशतक प्रहार गरेका छन् । कुशल भने यो दौडको दोस्रो स्थानमा पुग्न सफल भएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय