scheduleबिहिवार बैशाख २३ गते, २०७८

पत्नीलाई कोरोना देखिएपछि दिल्लीका मुख्यमन्त्री ‘आईशोलेसन’मा

एजेन्सी, ७ बैशाख । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालकी पत्नी कोरोना भाइरसबाट संक्रमित भएकी छन् । पत्नीलाई कोरोना पोजिटिभ देखिएलगत्तै केजरीवाल आईशोलेसनमा बसेका छन् ।

मंगलबार केजरीवालकी पत्नी सुनिता केजरीवाललाई कोरोना पोजिटिभ देखिएको हो । सुनिताले कोरोना संक्रमण भएलगत्तै आफूलाई आईशोलेसनमा राखेकी छन् । त्यस्तै केजरीवाल समेत होम क्वारेन्टाइनमा छुट्टै बसेका छन् ।

पछिल्लो समय दिल्लीमा बढ्दै गएको कोरोना संक्रमणबीच मुख्यमन्त्री केजरीवाल निकै सक्रिय भइरहेका छन् । उनी विभिन्न बैठकमा सहभागी हुँदै कोरोना महामारीबारे छलफल गरिरहेका छन् ।

भारतमा कोरोना भाइरसको दोस्रो लहर सुरु भएपछि सबैभन्दा प्रभावित हुने शहरमा दिल्ली पनि पर्छ । त्यहाँ बितेको २४ घण्टामा झण्डै २३ हजार नयाँ संक्रमित थपिएका छन् ।

हरेक दिन संक्रमणले नयाँ रेकर्ड बनाउँदै लगेपछि दिल्लीका अस्पतालमा बिरामीको चाप बढिरहेको छ । फलस्वरुप, अस्पतालमा आईसियू बेड र अक्सिजनको अभाव देखिन थालेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय