scheduleआइतवार जेष्ठ २ गते, २०७८

पूर्व मिडफिल्डर म्यासन टोटनह्यामको अन्तरिम प्रशिक्षकमा नियुक्त

एजेन्सी, ७ बैशाख । इङ्लिश फुटबल क्लब टोटनह्यामले रायन म्यासनलाई अन्तरिम प्रशिक्षकको रुपमा नियुक्त गरेको छ ।

जोजे मौरिन्होलाई बर्खास्त गरेको भोलिपल्टै म्यासनलाई अन्तरिम प्रशिक्षकमा नियुक्त गरिएको छ । अन्तरिम प्रशिक्षकमा नियुक्त भएका म्यासनले यस सिजनका बाँकी खेलको प्रशिक्षण गर्ने छन् ।

म्यासन टोटनह्यामका पूर्व खेलाडी समेत हुन् । उनी ८ वर्षको उमेरमा नै सो क्लबमा आबद्ध भएका थिए भने सन् २००८ मा क्लबसँग व्यावसायिक सम्झौता गरेका थिए ।

सोमबार टोटनह्यामले नियुक्त गरेको १७ महिनापछि नै मौरिन्होलाई प्रशिक्षकबाट हटाएको थियो । मौरिन्होलाई सन् २०१९ को नोभेम्बरमा टोटनह्यामको प्रशिक्षकमा नियुक्त गरिएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय