scheduleबिहिवार बैशाख २३ गते, २०७८

एमाले विवाद : स्पष्टीकरण नसोधिएपछि गाेकर्ण विष्टले गरे विधिका कुरा

काठमाडौं, ७ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्रको विवाद थप पेचिलो बन्दै गइरहेको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकपछि अर्का नेतालाई कारवाही प्रक्रिया अघि बढाएको भन्दै नेपाल–खनाल समूहका नेताहरु रुष्ट बन्दै गएका छन् ।

केहि समय यता नेकपा एमालेमा देखापरेका समस्याहरुको समाधानका लागि संयमीत र जिम्मेवारीपूर्ण पहल गर्नुको साटो एकपछि अर्को एकतर्फी र बिनाकारण सांसदहरुमाथी कारबाहीका घटनाहरु अघि बढाइएको भन्दै नेता गोकर्ण विष्टले विधि खोजेका छन् ।

यस्ता कारबाहीका शृखंलाहरुले पार्टी एकतामा गम्भीर संकट पैदा गरेको भन्दै उनले संवादहीनता र कारबाहीको बाटो कुनै पनी हालतमा समाधान हुन नसक्ने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले अदालतको फैसला बमोजिम एमालेलाई नेकपा एकतापूर्वको अवस्थामा फर्काएर पार्टीलाई विचार र विधिबाट संचालन गरेर नै एकता जोगाउन सकिने बताएका छन् ।

एउटा इमान्दार कार्यकर्ताको लागि पदीय हैसियत भन्दा पार्टी र आन्दोलनको भविष्य सधैं माथी हुने भन्दै उनले यसर्थ एमालेका नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तकको चाहना बमोजिम एकतापूर्वको एमालेका सम्पूर्ण आधिकारिक कमिटीहरु ब्युँताएर विधि मार्फत समाधान खोज्न आग्रह गरेका छन् ।

 

पछिल्ला दिनमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीले ‘फ्लोर क्रस’ गर्ने तयारीमा रहेका माधव नेपाल पक्षधर सांसदहरुको सूची बनाउन थालेका छन् ।

केही दिनयता लगातार माधव नपाल पक्षका धेरैजसो सांसदसँग टेलिफोन र भेटेरै कुराकानी गरेका उनले स्पष्टीकरण माग्ने सूची बनाउने बेलासम्म पनि कतिपय सांसदहरुलाई कित्ता प्रष्ट पार्न टेलिफोनमै आग्रह गरेका छन् ।

प्रतिनिधिसभामा एमालेका १२१ सांसदमध्ये माधव नेपालको पक्षमा आइतवारसम्म ३५ जना थिए । कृष्णभक्त पोखरेल, गोपाल बम र माया ज्ञवालीसहित ३८ जना सांसद एमाले ब्युँतिदासम्म माधव नेपाल पक्षमा थिए । नेपाल पक्षकै लालबाबु पण्डित र शेरवहादुर तामाङ त्यसअघि नै संस्थापन पक्षमा लागेका थिए ।

मंगलवार स्पष्टीकरण सोधिने सांसदहरुको सूचीमा नेपाल पक्षका ८ जना सांसदको नाम नदेखिएपछि खनाल–नेपाल समूहमा खैलाबैला नै भएको थियो । स्पष्टीकरण सोधिने सांसदहरुको सूचीमा प्रभावहाली नेता गोकर्ण विष्टकोसमेत नाम छैन । उनी यसअघि खनाल–नेपाल समूहमा खुलेरै लागिपरेका थिए ।

नेपाल पक्षमा १२ जना समानुपातिक सांसद रहेकोमा ५ जना स्पष्टीकरणबाट जोगिएका छन् । बिना बुढाथोकी मगर, गंगा चौधरी सतगौंवा, समिना हुसेन, कलिला खातुन र पार्वती बिसुंखेलाई स्पष्टीकरण सोध्न आवश्यक नदेखिएको अध्क्ष ओली स्रोतले जनाएको छ ।

अरु सबै व्यक्तिहरुलाई स्पष्टीकरण सोधेर आफूलाई चाहीँ स्पष्टीकरण नसोधिएपछि नेता विष्टले पार्टीको विधिको कुरा उठाएका हुन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय