scheduleबिहिवार बैशाख २३ गते, २०७८

राहुल गान्धीलाई कोरोना पोजिटिभ

एजेन्सी, ७ बैशाख । इन्डियन नेशनल कंग्रेसका नेता एवं सांसद राहुल गान्धीलाई कोरोना संक्रमण भएको छ ।

गान्धी मंगलबार कोरोना भाइरसबाट संक्रमित भएका हुन् । उनले ट्विटरमार्फत् आफूलाई कोरोना पोजिटिभ देखिएको जानकारी दिएका छन् ।

गान्धीले आफ्नो सम्पर्कमा आएका सबै मानिसलाई सावधानी अपनाउन र सुरक्षित रहन समेत आग्रह गरेका छन् ।

‘हल्का लक्षणको अनुभवपछि मलाई कोरोना पोजिटिभ भएको छ’, गान्धीले ट्विट गरेका छन्, ‘पछिल्लो समय मेरो सम्पर्कमा आएका सबैलाई सुरक्षासम्बन्धी मापदण्ड पालन गर्न र सुरक्षित रहन आग्रह गर्छु ।’

यसअघि पूर्व प्रधानमन्त्री एवं कंग्रेसका वरिष्ठ नेता डा. मनमोहन सिंहलाई समेत कोरोना भाइरस देखिएको छ । हाल सिंहलाई दिल्लीस्थित एम्स अस्पतालमा भर्ना गरिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय