scheduleआइतवार जेष्ठ २ गते, २०७८

केपी ओलीले धमाधम स्पष्टीकरण साेध्न थालेपछि खनाल–नेपाल समूहका सांसद छलफलमा

काठमाडौं, ७ वैशाख । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धमाधम कारवाही प्रक्रिया अघि बढाएपछि माधव कुमार नेपाल समूह आन्तरिक छलफलमा जुटेको छ ।

मंगलबार ओलीले नेपालसहित २७ जना सांसदलाई स्पष्टीकरण सोधेलगत्तै नेपाल समूह आन्तरिक छलफलमा जुटेका हुन् । उनीहरू अहिले बानेश्वरको एक होटल बसेर छलफल गरिरहेका छन्।

अध्यक्ष ओलीले पार्टी र सरकारविरूद्ध गतिविधि गरेको भन्दै तीन दिनभित्र स्पष्टीकरण दिन २७ सांसदलाई पत्र पठाएका छन्।

अध्यक्ष ओलीले माधव नेपाल, झलनाथ खनाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, मेटमणि चौधरी, पवित्रा निरौला, झपट रावल, यज्ञराज सुनुवार, जीवनराम श्रेष्ठ, भवानी खापुङ, विरोध खतिवडा, सोमप्रसाद पाण्डे, नारायण खतिवडा, गणेश पहाडी, जयकुमार राई, दिपकप्रकाश भट्ट, योगेशकुमार भट्टराई, हिराचन्द्र केस, पुष्पाकुमारी कर्ण कायस्थ, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, कृष्णलाल महर्जन, सरलाकुमारी यादव, नीरादेवी जैरु, रामकुमारी झाँक्री र मुकुन्द न्यौपानेलाई स्पष्टीकरण सोधेका छन्।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय