scheduleआइतवार जेष्ठ २ गते, २०७८

कोरोनालाई कारण देखाउँदै खनाल–नेपाल समूहले घोषणा गरेको ९ गतेका सबै कार्यक्रम स्थगित

काठमाडौं, ७ वैशाख । नेपाल कम्युनिष्ट पार्टी नेकपाको खनाल–नेपाल समूहले वैशाख ९ गते बिहीवा घोषणा गरेको सबै कार्यक्रम स्थगित भएका छन् । नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले विज्ञप्ती निकालेर कम्युनिष्ट पार्टीको ७२ औँ स्थापना दिवसको अवसरमा गरिने भनिएको विशेष कार्यक्रम स्थगित भएको जानकारी गराएका हुन् ।

नेकपा (एमाले) को एकता बचाऔं, कम्युनिष्ट आन्दोलनको रक्षा गरौं’ भन्ने मुल नाराका साथ काठमाडौंको प्रज्ञा भवन, कमलादीमा भव्य कार्यक्रमसहित देशव्यापी रुपमा विविध कार्यक्रमको व्यापक तयारी गरिएको थियो ।

कार्यक्रमलाई भव्य बनाउन उपत्यकाका पार्टी कमिटी, जनसंगठन, पेशागत संगठनका नेता तथा कार्यकर्ताहरु सक्रिय भएका थिए ।

कार्यक्रम तयारीकै अवस्थामा विश्वभरि फैलिदै गइरहेको नयाँ भेरियन्ट सहितको कोरोना भाइरसको संक्रमण नेपालमा पनि पुनः तिव्र रुपमा फैलिरहेको समाचार प्राप्त भएकोले विशेष कार्यक्रम रोक्न निर्णय भएको नेता भट्टराईले बताएका छन् ।

कोरोना भाइरस संक्रमण नियन्त्रण र रोकथाममा सरकार असक्षम भइरहेकोसमेत यो समूहले आरोप लगाएको छ । तर संक्रमण नफैलिएका जिल्लाहरुमा भने जारी स्वास्थ्य मापदण्डको पालना गरेर कार्यक्रमहरु गर्न नेता भट्टराईले आग्रह गरेका छन् ।

यस्तै प्रधानमन्त्री, मन्त्रीहरु नै आफैंले जारी गरेको स्वास्थ्य मापदण्ड विपरित गतिविधि संचालन गरिरेको भन्दै यो समूहले संक्रमणलाई वेवास्ता मात्र होइन जनस्वास्थ्यप्रतिको गम्भीर खेलवाड एवम् गैरजिम्मेवारीपनको पराकाष्टाको संग्या दिएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय