scheduleबिहिवार बैशाख २३ गते, २०७८

‘खेलकुद क्षेत्रमा राजनीति गर्न हुँदैन’

काठमाडौं, ७ पैशाख । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवालले खेलकुद क्षेत्रमा राजनीति हुन नहुने बताएका छन् ।

मंगलवार काठमाडौंमा नेपाल खेलकुद महासंघको भेलामा बोल्दै सिलवालले खेलकुद क्षेत्रमा राजनीति हुन नहुने तर राजनीतिक दलले खेलकुदलाई आफ्नो अंग बनाउनुपर्ने बताए ।

उनले भेलामार्फत संगठन निर्माण गरेर खेल क्षेत्रको बिकास गर्न खोज्नु सकारात्मक रहेको बताए ।

सिलवालले खेल क्षेत्रमा लागेका व्यक्तिहरुको उचित सम्मान आवश्यक रहेको भन्दै राखेपले त्यसको सुरुवात गरेको बताउनुभयो ।

राखेपले खेलकुदलाई आर्थिक रुपमा जोड्न फ्रेन्चाइज खेल आयोजना गर्न लागेको बताए । त्यस्तै खेलकुदलाई सवै जिल्लामा पुर्याउन राखेपले योजना निर्माण गरेको उनले बताए ।

नेपालको बाम लोकतान्त्रीक आन्दोलनका आधारभूत मान्यतालाई समेत ध्यान दिई खेल क्षेत्रको बिकासका लागि भेला आयोजना गरिएको महासंघले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय