scheduleबुधवार बैशाख २९ गते, २०७८

नेपालगन्जमा कोरोना संक्रमण अस्वभाविक बढ्दै, एक हप्ता लकडाउन गर्न सिफारिस

बाँके, ७ वैशाख । बाँकेको नेपालगन्जमा कोरोना भाइरसको संक्रमण अस्वभाविक रुपमा बढ्दै गएसँगै एक हप्ता लकडाउन गर्न सिफारिस गरिएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डीसीसीएमसी) ले एक हप्ता लकडाउन गर्न सिफारिस गरेको हो । एक हप्ता लकडाउन गर्नका लागि केन्द्रमा सिफारिस गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताएका छन् ।

उनले के कस्तो अवस्थामा र कहिलेसम्म भन्ने विषयमा छलफल गरिरहेको तर ९ गतेबाट लकडाउन हुने बताए । डीसीसीएमसीको बैठकमा बाँके जिल्लाभरी नै लकडाउन गर्ने कि नेपालगन्ज उपमहानगरपालिकाभित्र मात्रै गर्ने भन्ने विषयमा मतभेद देखिएको छ ।

प्रमुख जिल्ला अधिकारी गेलालले केन्द्रसँगको समन्वयमा एरियाको टुंगो लाग्ने बताए । कुनै पनि ठाउँमा दुई सय बढी भन्दा संक्रमित भएमा स्थानीय प्रशासनले संक्रमणलाई रोक्न लकडाउन गर्न सक्छ ।

कोरोना संक्रमणको दर र त्यसबाट मृत्युदरसमेत उच्च भएपछि सरोकारवालाहरुले बाँकेमा लकडाउनका लागि दबाब दिएका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय