scheduleबिहिवार बैशाख २३ गते, २०७८

‘अमेरिकीहरु यति विभाजित छन् कि म र मिसेल ओबामा साथी बन्नै नसक्ने ठान्छन्’

एजेन्सी, ७ बैशाख । अमेरिकी पूर्व राष्ट्रपति जर्ज डब्लु बुशले आफू र पूर्व प्रथम महिला एवं बाराक ओबामाकी श्रीमति मिसेल ओबामाबीचको मित्रताप्रति व्यक्त प्रतिक्रियाबाट चकित परेको बताएका छन् ।

सोमबार सिबिएससँगको एक अन्तर्वार्तामा कुरा गर्दै बुशले आफू र मिसेलबीचको अन्तर्क्रिया एवं मित्रताप्रति अमेरिकीहरुले व्यक्त गरेको प्रतिक्रियाबाट चकित परेको बताएका हुन् । मानसिक रुपमै निकै विभाजित भएकाले फरक धारका मानिसबीच मित्रता हुनै नसक्ने अमेरिकीहरुको सोंच रहेको पनि उनको भनाइ छ ।

नेशनल म्युजियम अफ अफ्रिकन अमेरिकन हिस्ट्री एण्ड कल्चलको उद्घाटनका क्रममा मिसेल र आफूले अँगालो हालेको र सन् २०१८ मा जोन म्याकेनको अन्तेष्टिका क्रममा भएको अन्तर्क्रियालाई स्मरण गर्दै बशुले यस्तो बताएका हुन् ।

‘म र मिसेल ओबामा साथी बन्न सक्छौं भन्नेप्रति अमेरिकीहरुलाई आश्चर्य लाग्यो’, बुशले भने, ‘अमेरिकीहरु आफ्नो विचारमा यति धेरै ध्रुविकृत/विभाजित भएका छन् कि उनीहरुले जर्न डब्लु बुश र मिसेल ओबामा साथी बन्नै सक्दैनन् भन्ने ठान्छन् ।’

सोही अन्तर्वाताका क्रममा बुशले फरक प्रशंङ्गबारे बोल्दै आप्रवासनप्रतिको कठोर धारणालाई नरम बनाउनु पर्ने समेत बताएका थिए । आप्रवासनबारे नरम हुँदा आप्रवासीप्रति थप सम्मानको वातावरण सिर्जना हुने र थप नीतिगत परिवर्तन गर्न सकिने उनको भनाइ थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय