scheduleबिहिवार बैशाख २३ गते, २०७८

यस्तो थियो कुनै बेला अस्तित्वमा रहेको नयाँ प्रजातिको डाइनोसर

एजेन्सी, ७ बैशाख । वैज्ञानिकहरुले नयाँ प्रजातिको डाइनोसर कुनै बेला अस्तित्वमा रहेको पुष्टि गरेका छन् । उत्तरी चिलीमा फेला परेका हाडको विश्लेषणपछि नयाँ प्रजातिको डाइनोसर अस्तित्वमा रहेको पुष्टि भएको हो ।

चिलीको एटाकामा मरुभूमिमा उत्खनन् गर्ने क्रममा झण्डै ३० वर्षअघि नयाँ प्रजातिको डाइनोसरका अवशेष फेला परेका थिए । वैज्ञानिकहरुले कोपिओपो शहर नजिकै फेला परेका ती अवशेषबारे लामो समय अध्ययन एवं अनुसन्धान गरेका थिए ।

लामो अध्ययन र अनुसन्धानपछि कुनै बेला फूलैफूल, उन्यू र ताडको रुखले ढाकिएको एटाकामा मरुभूमिमा नयाँ प्रजातिको डाइनोसर बस्ने गरेको वैज्ञानिकहरुले पुष्टि गरेका हुन् ।

सो प्रजातिको डाइनोसरले घाँस खाने गरेको, डाइनोसरको टाउको सानो तथा घाँटी लामो र ढाड निकै फराकिलो रहेको अध्ययनबाट पुष्टि भएको छ । उक्त डाइनोसरका अवशेष ६ करोड ६० लाख वर्ष पहिला अर्थात् धर्मीबाट डाइनोसर लोभ हुनुपूर्वको अन्तिम युगका भएको बिबिसीले जनाएको छ ।

तीस वर्ष पहिला फेला परेका अवशेषबारे २००० को दशकभर अनुसन्धान गरिएको थियो । उक्त अनुसन्धानको निष्कर्षलाई सोमबार क्रेटासस रिसर्च नामक जर्नलमा प्रकाशित गरिएको हो ।

सन् १९९० को दशकमा चिलीका जीव वैज्ञानिक कार्लोस आरेभालोको नेतृत्वमा खटिएको एक टोलीले नयाँ प्रजातिको डाइनोसरका अवशेष फेला पारेको हो । एटाकामा मरुभूमिमा सो डाइनोसरका हु्यमेरस, फिमर, इस्चियमसहित ढाड एवं घाँटीका हाड फेला परेका थिए । वैज्ञानिकहरुले ती हाड तथा अवशेषलाई सन् २००० को दशकभर अध्ययन एवं अनुसन्धान गरेका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय