scheduleबुधवार बैशाख २९ गते, २०७८

ह्ववात्तै बढ्यो कोरोना संक्रमणको दर, १७ सय ३६ जनामा संक्रमित हुँदा ११ जनाको ज्यान गयो

काठमाडौँ, ७ वैशाख । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको दर ह्वात्तै बढेको छ । मंगलबार १७ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने सो अवधिमा मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

८ हजार ५५ जनाको पीसीआर तथा ६८३ जनाको एन्टीजेन परीक्षण गर्दा क्रमशः १६६७ र ६९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा संक्रमितको संख्या २ लाख ८७ हजार ५६७ पुगेको छ ।

मंगलबार २५१ जना निको भएसँगै नेपालमा निको हुनेको कूल संख्या २ लाख ७५ हजार ८०६ जना रहेको बताइएको छ । मन्त्रालयका अनुसार नेपालमा मृत्यु हुनेको कूल संख्या ३१ सय २ जना रहेको छ । नेपालमा ५ हजार ६५९ जना आइसोलेसनमा रहेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय