scheduleआइतवार जेष्ठ २ गते, २०७८

ओली नेतृत्वको सरकार अपदस्थ गर्नुको विकल्प छैन, त्याे दिन धेरै टाढा छैन – प्रचण्ड

काठमाडौं, ७ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओली नेतृत्वको सरकार अपदस्थ गर्नुको विकल्प नरहेको बताएका छन् । उनले कागजी रुपमा मात्रै समर्थन फिर्ता लिन बाँकी रहेको बताएका छन् ।

मंगलवार बसेको पार्टीको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले ओलीलाई अपदस्थ गर्नका लागि परिस्थिति अनुकुल हुँदै गएको र माधव नेपालमाथिको कारवाहीलाई कानुनीरूपमा रोक्न सभामुखले गर्नसक्ने पहलबारेसमेत छलफल भएको बताए ।

चुनाव घोषणा हुने तर चुनाव नहुने अवस्थामा देशलाई जान नदिन आफूहरू सुविचारित ढंगले अघि बढेको र कांग्रेस तथा जसपासँगको समझदारी अनुसार कदम चाल्ने माओवादीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

यस्तै मंगलवारको बैठकले संसदको अधिवेशन हठात अन्त गरिएको भन्दै सरकारको आलोचनासमेत गरेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय