scheduleआइतवार जेष्ठ २ गते, २०७८

ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिने र कारबाही गरे अदालत जाने नेपाल समूहको निर्णय

काठमाडौं, ७ वैशाख । नेकपा एमालेको माधव कुमार नेपाल समूहले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिने भएको छ । ओलीले कारबाही गरे त्यसविरुद्ध अदालत धाउने नेपाल समूहको तयारी छ ।

काठमाडौंमा उपलब्ध एमालेका नेपाल समूहका सांसदको आकस्मिक बैठकले ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिने र कानुनी लडाइँ पनि लड्ने निर्णय गरेको हो ।

यसअघि माधवकुमार नेपाल पक्षमा लागेका प्रतिनिधिसभाका २७ सांसद र कर्णाली प्रदेश सभाका ५ जना सदस्यलाई ओलीले स्पष्टीकरण सोधेका थिए । त्यसपछि नेपाल समूहका सांसदको आकस्मिक बैठक बसेर यस्तो निर्णय गरेको हो ।

२०७५ जेठ ३ गते पहिलेको एमाले मात्रै आफूहरूले चिन्ने र २०७७ फागुन २८ गते थप भएर आएको बैठकमा नबस्ने पनि माधव नेपाल समूहले बताउँदै आएको छ ।

प्रधानमन्त्री तथा अध्यक्ष ओलीले पार्टीको विधि, पद्दति र विचार केही पनि नमानेर चलिरहेको नेपाल समूहको निष्कर्ष छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय