scheduleबुधवार बैशाख २९ गते, २०७८

सेतो मच्छिन्द्रनाथको जात्रा सुरु, रथलाई जमलबाट असनमा ल्याएर राखियो

 

फाईल फाेटाे

काठमाडौं, ७ वैशाख । सदभावनाका देवताका रुपमा पुजिने सेतो मच्छिन्द्रनाथको जात्रा मंगलवारबाट सुरु भएको छ ।

हरेक वर्ष चैत शुक्ल अष्टमीदेखि दशमीसम्म तीन दिन जात्रा मनाइन्छ । जात्राको पहिलो दिन मंगलवार सेतो मच्छिन्द्रनाथको मूर्तिलाई खटमा बोकी जमल पु¥याएर गुर्जु पल्टनसहित रथारोहण गरिएको थियो । रथलाई जमलबाट विभिन्न टोल हुँदै असन ल्याएर राखिएको छ ।

असनमा राखिएको रथको पाङ्ग्रामा कनफत्ता जोगी समुदायले राँगा बलि दिएर पूजा गर्ने परम्परा रहेको छ । बुधवार अर्थात् नवमीका दिन असनबाट रथ तानेर हनुमानढोकाको कालभैरव पु¥याइन्छ ।

चैत शुक्ल दशमीका दिन हनुमानढोकाबाट विभिन्न टोल हुँदै रथ तानेर लगनटोलमा रहेको मच्छिन्द्रनाथको आमा रुखको परिक्रमा गरेपछि रथयात्रा सम्पन्न हुन्छ ।

त्यसपछि मच्छिन्द्रनाथको मूर्तिलाई रथबाट ओराली खटमा बोकी विभिन्न टोलको परिक्रमा गराई जनबहालमा रहेको मन्दिरमा पु¥याएपछि जात्रा सकिने परम्परा छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय