scheduleबिहिवार बैशाख २३ गते, २०७८

९ हजार बुझाएपछि परीक्षण नै नगरी पीसीआर रिपोर्ट तयार, ल्याब संचालकसहित केही व्यक्ति पक्राउ

काठमाडौं, ७ वैशाख । कोरोना भाइरसको संक्रमण परीक्षणका लागि स्वाब नै नलिई कोरोना रिपोर्ट तयार गर्ने ल्याब संचालक पक्राउ परेका छन् ।

सिनामंगलस्थित सुरिया हेल्थ केयरका सञ्चालक खेलानन्दप्रसाद सिंह पक्राउ परेका प्रहरीले जनाएको छ । महानगरीय अपराध महाशाखाबाट एसपी कृष्ण पंगेनीको नेतृत्वमा प्रहरी टोलीले सिंहको ल्याबमा छापा मारेको थियो ।

नेगेटिभ नतिजा उल्लेखित ४ वटा नक्कली पीसीआर रिपोर्ट पनि प्रहरीले बरामद गरेको छ । सिंहले ल्याबबाट गरेका सबै पीसीआर रिपोर्टबारे पनि अनुसन्धान थालिएको उनले बताएका छन् ।

नक्कली पीसीआर रिपोर्ट तयार गर्ने गरेको उजुरीपछि केही दिनयता ल्याबमाथि अनुसन्धान भइरहेको र प्रमाण फेला परेपछि सिंहलाई पक्राउ गरिएको अपराध महाशाखाका डीएसपी दुर्गाराज रेग्मीले बताए । सिंहसहित अरु केही व्यक्ति पनि समातिएका उनले बताए ।

रेग्मीका अनुसार वैदेशिक रोजगारीमा जानेलाई प्रति रिपोर्ट ९ हजारसम्म लिएर डेढ घण्टादेखि २ घण्टाबीचमा नक्कली रिपोर्ट तयार पर्ने गरेको पनि खुलेको प्रहरीको भनाइ रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय